सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

२०७७ माघ ७, ०९:३२ रासस

हरारेः जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ।

कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन्।

उनको पारिवारिक सदस्यले पनि कोरोनाका कारण निधन भएको बताएको उल्लेख गरिएको छ। “मेरा दाजुको कोरोना भाइरसका कारण निधन भएको छ, उनलाई हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो,” उनका एक भाइले बुधबार भने। 

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

जिम्बाब्बेमा पनि सन् २०२० को मार्चदेखि कोरोना भाइरसको महामारी फैलिन शुरु भएको हो।
 

कमेन्ट लोड गर्नुस