सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई दिनदेखि हराएकी महिलाको साइकल भेटियो

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ७, १२:१६ रासस

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालकी ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए । 

“खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ ।” उनले भने, “महिलाको खोजी भइरहेको छ । ” 

महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा कार्यरत छन्  ।  

कमेन्ट लोड गर्नुस