सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका सामुदायिक वन आन्दोलित, काठदाउरा संकलनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग

२०७७ माघ ६, ०३:२५ खबर संवाददाता

धनगढी: काठदाउरा संकलनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग राख्दै कञ्चनपुरका सामुदायिक वन आन्दोलित भएका छन्।

मन्त्री परिषद्को निर्णय अनुसार नेपालभरीका सामुदायिक वनमा काठदाउरा संकलन गर्न लगाइएको रोक फुकुवा गर्न माग राख्दै जिल्लास्थित सबै सामुदायिक वनले गठन गरेको संघर्ष समितिले आन्दोलन थालेको हो। 

विभिन्न माग राख्दै समितिले जिल्लाको दैजी, झलारी, वाणी, गुलरिमा प्रदर्शन गरेको छ। काठदाउरामा लगाइएको बन्देज फुकुवा हुनुपर्ने, वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजी प्रस्ताव फिर्ता हुनुपर्ने, छानविन समितिले सिफारिस गरेको वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीमाथिको कारवाही सिफारिस खारेज हुनुपर्ने लगायतका माग संघर्ष समितिले राखेको छ। 

आफुहरुले राखेका माग पुरा नभए थप सशक्त संघर्षका कार्यक्रम गर्ने समेत उनीहरुले चेतावनी दिएका छन्। 

कमेन्ट लोड गर्नुस