सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

२०७७ माघ ५, १०:५० रासस

कुवेतः कुवेतमा सोमबार सरकार विघटन भएको छ। प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन्। 

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरे। प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा चढाएका थिए। 

तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन्।

देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्बन्ध बिग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए। 

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अब बिदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए। 

उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस