सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी बलका १६ जना एसपीमा बढुवा

। फोटो स्रोत ।
२०७७ माघ ५, ०९:२४ खबर संवाददाता

धनगढीः सशस्त्र प्रहरी बलमा उपरीक्षक (एसपी) मा बढुवाका लागि १६ जनाको नाम सिफारिस भएको छ।

बढुवा समितिको सोमबार बसेको बैठकले सशस्त्र प्रहरी नायब उपरीक्षक (एसएसपी) हरूलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवामा सिफारिस हुनेहरूमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन्।

समितिले बढुवाबारे चित्त नबुझे सात दिनभित्र उजुरी दिन सकिने जनाएको छ।

कमेन्ट लोड गर्नुस