सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्धनको मूल्य २ रूपैयाँ प्रतिलिटरले बढ्यो

२०७७ माघ ५, ०८:५० खबर संवाददाता

धनगढीः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँ बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो। मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ। 

हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ।

त्यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ। अर्धमासिक रूपमा करिब ४९ करोड घाटा हुने निगमको अनुमान छ।
 

कमेन्ट लोड गर्नुस