सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली पुल र सडकलाई राष्ट्रिय राजमार्गसँग जोड्न भारत सहमत

२०७७ माघ ४, ११:१३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा निर्माणाधिन चार लेन महाकाली पुल र सडकलाई भारत आफ्नो राष्ट्रिय राजमार्गसँग जोड्न सहमत भएको छ।

काम चलाउ सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीच भएका सहमतीबारे जानकारी दिदै महाकाली पुल र सडकलाई राष्ट्रिय राजमार्गसँग जोड्न सहमत भएको बताएका हुन्।

‘निर्माणाधिन महाकाली पुल र सडकलाई आफ्नो राष्ट्रिय राजमार्गको सडक सञ्जालमा जोड्न भारत सहमत भएको छ,’ ज्ञवालीले भने, ‘यसले नेपालको सुदूरपश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको सडक सञ्जाल मजबुत हुनेछ।’

कञ्चनपुरको महाकाली नदीमा २०७४ सालदेखि चार लेनको पक्की पुल निर्माण भइरहेको छ।

तीन अर्ब २७ करोडको लागतमा निर्माण भइरहेको पुलको ५७  प्रतिशत भौतिक प्रगती भइसकेको छ। निर्माणको काम अहिले पनि जारी रहेको छ। 

कमेन्ट लोड गर्नुस