सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ४, ०८:४७ रासस

शनिबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृतयु भएको छ भने ७ जना घाइते भउका छन। 

पोखरा–बाग्लङ राजमार्गमा भएको जीप दुर्घटनामा परी पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले बताए । 

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

कमेन्ट लोड गर्नुस