सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद् विघटनको विरोधमा नेपाली काँग्रेसद्वारा सुदूरपश्चिमका सबै स्थानीय तहमा विरोध प्रर्दशन

२०७७ माघ ३, ०७:०३ खबर संवाददाता

धनगढी: प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सुदूरपश्चिमका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ। 

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका सहित ८८ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको काँग्रेसले जनाएको छ। 

पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सबै ठाउँमा प्रर्दशन गरिएको हो। 

प्रर्दशनपछि आयोजित विरोध सभाहरुलाई काँग्रेसका स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस