सुदूर नेपाललाई विश्वसँग जोड्दै

पस्तोलसहित युवक पक्राउ

२०७७ माघ १, ०६:४० रासस

जलेश्वर: नेपाल भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले आज पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका– १७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

युवक मण्डल आज बिहान करीब ११ः०० बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका– ८ स्थितबाट पक्राउ गरेको हो। 

उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक राउण्ड गोली र एक राउण्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो।

पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

कमेन्ट लोड गर्नुस