सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुख र शान्तिका लागि लुम्बिनी : मन्त्री ढकाल

२०७७ पुष २९, ०९:१५ रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज साँझ शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उउनले निर्माणाधीन अन्तरराष्ट्रिय बौद्ध तथा ध्यान केन्द्रको निरीक्षण गर्नाका साथै केन्द्रीय नहरमा डुङ्गा शयरपछि आमा मायादेवी मन्दिरमा पुगी पूजासमेत गरेका छन्।

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, कोषका कार्यसमिति सदस्य श्रीराम यादव र  राजेश ज्ञवाली, काउन्सिल सदस्य इन्साफ अलि, सदस्य सचिव सानुराजा शाक्यसहित  पुष्करिणी, शान्ति दीपलगायतको निरीक्षणपनि मन्त्री ढकालले भने, ‘लुम्बिनी आउँदा सुख र शान्ति प्राप्त हुन्छ ।

आनन्द अनुभूति भइरहेको छ।’ मन्त्री ढकालले  कोषले गरेका कामप्रति सन्तोष व्यक्त गर्दै  विश्वशान्ति अभियानमा लुम्बिनी र यस क्षेत्रको योगदान रहने विश्वास व्यक्त गरे। 
 

कमेन्ट लोड गर्नुस