सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आगोले जलेर महिला घाइते

२०७७ पुष २९, ०६:१५ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छिन्।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला कौशा चन्द कपडाबाट आगो सल्किँदा घाइते भएकी प्रहरीले बताएको छ। 

उनको अवस्था सामान्य रहेको र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार उनी बिहान सवा नौ बजेतिरको समयमा घरको बरण्डामा आगो तापिरहेकी थिइन्।

कमेन्ट लोड गर्नुस