सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार सुदूरपश्चिममा १५३ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना पुस्टि

२०७७ पुष २९, ०५:५९ खबर संवाददाता

धनगढी : बुधबार सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा १ सय ५३ नमूना परीक्षण गर्दा थप १४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । 

डोटी अस्पताल, जिल्ला अस्पताल बझाङ र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५३ जनाको नमुना परिक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालकोे प्रयोगशालामा ६४ जनाको नमुना परीक्षण गर्दा ३ जना, जिल्ला अस्पताल बझाङ्गमा ४२ जनाको नमूनम परीक्षण गर्दा १० जना, डोटी अस्पतालको प्रयोगशालामा २३ जनाको नमूना परीक्षण गर्दा १ जना र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा २४ जनाको नमुना परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि नभएको कार्कीले बताए ।

धनगढीका ३ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय १६ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका १२ हजार १ सय ३९ जनाले कोरोना जितेका छन् भने ७४ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस