सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईलकमा सवार कैलालीकी महिलालाई बाघले झम्टिएर मारेपछि निकुञ्जमा राति यात्रा गर्न रोक

२०७७ पुष १९, ०६:५१ खबर संवाददाता

धनगढी : मोटरसाईकलमा सवार कैलालीकी महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले झम्टिएर मारेपछि रातको समयमा यात्रा गर्न रोक लगाइएको छ । 

राति ८ बजेदेखि विहान ६ बजेसम्म मोटरसाईकल, साईकल जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । 

त्यस्तै अब दिउँसोको समयमा सवारीहरू दशको संख्यामा जम्मा भएपछि मात्रै यात्रा गर्न दिइने र एक्लाएक्लै यात्रा गर्न नपाइने नियम लागू गरिएको बताइएको छ  । 

बाघको आक्रमणबाट शुक्रबार कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरकी ५० वर्षिया नन्दकली थापाको मृत्यु भएको थियो ।उनीमाथि राति दश बजेतिर छोरा सन्तोषसंग मोटरसाईकलमा कोहलपुरबाट घर आउँदै गर्दा बाघले आक्रमण गरेको थियो ।  


 

कमेन्ट लोड गर्नुस