धनगढीमा मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते
२०७७ पुष १८, ०८:२७
धनगढीः धनगढीमा मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका छन्।
मोहनापुल–अत्तरिया ६ लेन सडकको राजपुरमा अत्तरिया जाँदै गरेको से ७ प ४६८९ र धनगढी आउदै गरेको से ६ प ७४६३ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
दुर्घटनामा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरका ३० वर्षिय सुरेश चौधरी र गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाका २५ वर्षिय नेहाल पाण्डे घाइते भएका छन्। उनीहरुका माया मेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस