सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटनामा एकको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ मंसिर २०, ०८:३८ रासस

दाङमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२च ६३६९ नंको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही –१७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराहीका ३६ वर्षीय समिर पन्त घाइते हुनुभएको छ । घाइते दुवैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस