सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीको गृह जिल्लामा राजावादीको शक्ति प्रदर्शन

२०७७ मंसिर २०, ०७:०१ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शनिबार बृहत् मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन गरेको छ। 

राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा झापाको प्रमुख सहर बिर्तामोडमा मोटरसाइकल जुलुस निकालिएको हो।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंङ्देनले यो कास्टिङ मात्र भएको बताए।

काँकड्भिट्टाबाट सुरु भएको र्यालीलाई विर्तामोडमा सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी छ।’ 

कमेन्ट लोड गर्नुस