सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुख अधिकारीलाई काठमाडौँ लगियो

२०७७ मंसिर १९, ०९:०१ रासस

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बस्नु भएको उहाँका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।
 

कमेन्ट लोड गर्नुस