H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ १०, शनिवार १०:१६
Jan 23 2021, Saturday
10:16:46 PM

बलात्कार अभियुक्त पक्राउ

फाइल फोटो
फाइल फोटो
रासस
२०७७ मंसिर १९ ०८:४९
अ+

हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा  फरार दुई अभियुक्तलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत वर्ष  साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार  गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट  पक्राउ गरिएको हो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

घटनालगत्तै पक्राउ परेका दुई जना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एक जना नाबालक भएकाले बालसुधारगृह हिरमुनिया बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

विज्ञापन
Skip Ad