सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्कीमा सन् २०१६ मा भएको असफल सैनिक ‘कू’ आवद्व ७६ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर १९, ०७:४४ रासस

टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक कूमा आवद्व रहेको  आशंका कम्तीमा ७६ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । 

प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरु पक्राउ परेका स्थानीय सञ्चार मध्यामले शुक्रवार जनाकारी दिएको हो । 

टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्क विरुद्ध र गुप्तचर निकायका अधिकारीहरुको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ । 

प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री“ पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ । मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरिएको बताइएको छ । 

सन् २०१६ को जुलाई भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ ।
 

कमेन्ट लोड गर्नुस