सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्बर १ मा २८७ जना कोरोना सङ्क्रमित थपिए

२०७७ मंसिर १८, ०६:४१ रासस

विराटनगर : प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङमा १२२ मध्ये विराटनगरमा ६१, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा चार, पाँचथर र उदयपुरमा तीन/तीन, भोजपुरमा दुई, ताप्लेजुङ, खोटाङ र धनकुटामा एक/एक तथा प्रदेश बाहिरका २६ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २७ हजार ८२० पुगेको छ ।

दश जनालाई निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४३७ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ९४ हजार १६७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको छ ।

कमेन्ट लोड गर्नुस