सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हतियार देखाएर लुटपाट गर्ने ४ जना कारागार चलान

२०७७ मंसिर १८, ०६:२० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा हतियार देखाएर लुटपाट गर्ने ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

गत कार्तिक १९ गते जिल्लाको बेदकोट नगरपालिकामा पेस्तोल देखाएर लुटपाट गर्ने बेदकोट नगरपालिका– १ का २८ वर्षीय केदार बिष्ट, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपक भट्ट, सोही ठाउँका २२ वर्षीय पारसमणी जोशी र शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २६ वर्षीय रबिन्द्र साँउद कारागार चलान भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जानकारी दिए।  

बेदकोट नगरपालिका–५ पोलखरीका पुष्कर सिंह बोहरा नातिको जन्मदिनमा गएर पेस्तोल देखाएर नगद ३ लाख ९५ हजार लुटेर फरार भएका चारैजनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। 

उनीहरुका साथबाट प्रहरीले २ राउण्ड गोली लोड गरेको पेस्तोल, १ थान म्याग्जिन, मोबाइल २ थान र २ वटा मोटसाइकल बरामद गरेको थियो।

*यसअघि शुक्लाफाँटा नगरपालिका–५ का रबिन्द्र साउँद हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौँ। – दिनेश खबर 

कमेन्ट लोड गर्नुस