सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

। फोटो स्रोत ।
२०७७ मंसिर १८, ०५:१०

इस्लामाबाद : पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । 

उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ । जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए ।

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् । बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए । 

तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए । –एएनआइ
 

कमेन्ट लोड गर्नुस