सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रसङ्घले गाँजालाई अति हानिकारक लागुपदार्थको सूचीबाट हटायो

। फोटो स्रोत ।
२०७७ मंसिर १८, ०४:०४ खबर संवाददाता

धनगढी: विश्व स्वास्थ्य सङ्गठनको सिफारिसपछि संयुक्त राष्ट्रसङ्घको नार्कोटिक्स ड्रग्ससम्बन्धी आयोगले बुधवार गाँजालाई धेरै हानिकारक लागुपदार्थको सूचीबाट हटाइदिएको छ।

आयोगमा भएको मतदानको क्रममा क्यानाबिज अर्थात गाँजालाई नार्कोटिक ड्रग्स सम्बन्धी सन् १९६१ को सिङ्गल कन्भेन्शन अर्थात महासन्धिबाट हटाउने पक्षमा मतदान भएको फोर्ब्स अनलाइनले जनाएको छ।

यो निर्णयले अब विश्वभर गाँजासँग जोडिएको अनुसन्धान र त्यसलाई औषधिको रूपमा प्रयोग गर्न पाउने सम्बन्धमा बाटो खोल्दै दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।  

बुधबारको मतदानअघिसम्म क्यानाबिज र गाँजाको चोपलाई हेरोइन, मेथाडोन, मोर्फन, अफिम र कोकिनजस्ता लागुऔषधको वर्गमा राखिएको थियो।

राष्ट्रसङ्घीय नार्कोटिक्स् आयोगमा विश्वका ५३ देश सदस्य रहेका छन् र गाँजाको पुनर्वर्गीकरणसम्बन्धी मतदान निकै प्रतिस्पर्धात्मक थियो जसका क्रममा २७ सदस्यले प्रस्तावको पक्षमा र २५ ले विपक्षमा मतदान गरेका थिए।

अमेरिका र अधिकांश युरोपेली देशहरूले पक्षमा मतदान गरेका थिए। 

कमेन्ट लोड गर्नुस