सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १८ सहित सुदूरपश्चिमका थप २३ जनामा कोरोना पुष्टि

२०७७ मंसिर १८, ०३:०३ खबर संवाददाता

धनगढीः कैलालीका १८ सहित सुदूरपश्चिमका थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ९१ जनाको परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ८ जनामा संक्रमण देखिएको जानकारी दिए।

कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जना, यस्तै घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका १/१ जनामा समेत कोराना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, दार्चुला र बैतडीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस