सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामचन्द्र पौडेलले गरे बुल्दीखोला मोटरेबल पुल उद्घाटन

२०७७ मंसिर १८, ०२:२५ खबर संवाददाता

धनगढी: नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्। 

पौडेलसँगै पुल उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत सहभागी छन्।

बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो। प्रहरीले पौडेललाई  नियन्त्रणमा लिएर बेलुकी मात्र छाडेको थियो।

बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए।

कमेन्ट लोड गर्नुस