सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, दुलाहदुलहीसहित १३ जना घाइते

२०७७ मंसिर १८, ०६:४७ खबर संवाददाता

धनगढीः कैलालीमा विवाहको गाडी दुर्घटना भएको छ। 

भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी दुलाहदुलहीसहितका १३ जना घाइते भएका छन्। उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परी दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्। 

उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।   

घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस