सुदूर नेपाललाई विश्वसँग जोड्दै

वरिष्ठ शल्यचिकित्सक डा.मुडभरीको कोरोनाबाट निधन

२०७७ मंसिर ६, १०:४४ रासस

वरिष्ठ चिकित्सक डा. धुर्व मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।

पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा.मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिए ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुन् । उनकी श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व. मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस