सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

२०७७ मंसिर ६, ०९:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा कोरोना भाइरसको संक्रणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज, सिनियर अहेब कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे सेती प्रादेशिक अस्पतालको कोरोना अस्थाीय अस्पतालमा  मत्यु भएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । २०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए ।

दसैँ बिदामा उनी धनगढी घर आएका थिए । दसैँ मनाएर  अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि फेरि धनगढी फर्किएका थिए ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार श्रेष्ठ प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने पहिलो स्वास्थ्यकर्मी हुन् ।

उनको कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार हिन्दु संस्कार अनुसार अत्यष्टी गरेको थियो ।
 

कमेन्ट लोड गर्नुस