सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार, नाराबाजी गर्नेलाई कारबाही गर्न नेता नेपालको माग

२०७७ मंसिर ६, ०५:४२ खबर संवाददाता

धनगढी: पूर्वी चितवनमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी गरेका छन ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।

उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए ।

नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

यस्तै पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको निन्दा गरेका छन् । 

शनिवार दिउँसो एक विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता नेपालले सो घटनाको निन्दा गरेका छन । उनले उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरेका हुन् ।

कमेन्ट लोड गर्नुस