सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस कैलालीको ३९ औँ बैठक धनगढीमा सम्पन्न

२०७७ मंसिर ६, ०४:०५ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस कैलालीको ३९ औँ बैठक धनगढीमा सम्पन्न भएको छ ।

बैठकले १४ औँ महाधिवेसनका लागि क्रियाशिल सदस्यता फारम नविकरण गर्ने कार्यतालिका तय गरेको छ ।

कार्यतालिका अनुसार संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिले आउँदो मंसिर ९ गते भित्र नविकरण फारम प्रदेश समितिलाई फारम वितरण गर्ने काँग्रेसले जनाएको छ । प्रदेश समितिले मसिर १२ गते सम्म गाउँपालिका र नगरपालिकालाई हस्तान्तरण गर्ने, गाउँ नगर कार्यसमितिले मंसिर १५ गते भित्र वार्ड कार्य समितिलाई फारम उपलब्ध गराउनेछन् ।

वडा कार्य समितिललाई नविकरण फारम भराई  २५ गते गाउँ र नगर कार्य समितीमा पठाउनुपर्ने छ भने २९ गते भित्र प्रदेश समितिले संघीय निर्वाचन क्षेत्रमा पठाउनुपर्ने काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए ।

क्रियाशिल सदस्यता नविकरण गरेपछि मात्र नयाँ क्रियाशिल सदस्यता वितरण गरिन कुरा पनि प्रशिक्षण शाखाका सचिव नृपबहादुर सुनारले जानकारी दिए । उनका अनुसार १३ औँ अधिवेसनमा ११ हजार ३ सय २२ क्रियाशिल सदस्य रहेका थिए ।

आजको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी, पुर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारी, पुर्व मन्त्री जनक चौधरी जिल्लाका पदाधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 

कमेन्ट लोड गर्नुस