सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ किलो फूलमालाको भारीले स्वास्थ्य ‘प्रोटोकल’ भुलेकै हुन्, सभामुख थापा ?

२०७७ कार्तिक १६, ०३:१७ खबर संवाददाता

धनगढी : कोरोना कहरले विश्व नै त्राहिमाम छ । अस्पतालका बेड खचाखच भरिएका छन् । प्रभावकारी औषधोउपचार नपाएर सर्वसाधारण हैरान छन् । दिनहुँ संयौंको संख्या नयाँ संक्रमित थपिएका छन् । तर पनि स्वास्थ्य सावधानी तथा सचेतना अप्नाउनमा हेलचेक्राइ र लापरवाही उत्तिकै बढ्दो छ ।

सर्वसाधारणको कुरै छोडौ, राज्यको जिम्मेवार निकायमा बसेका व्यक्तिहरुमा बढ्दो छ । सुदूरपश्चिम प्रदेशका सांसददेखि मन्त्रीहरु, सभामुखलगायतमा उत्तिकै बढी छ । कार्यकर्ता तथा प्रशंसक र फूलमाला भेटिएपछि चटक्कै स्वास्थ्य मापदण्ड भुलिने प्रबृति हाबी छ ।

शनिबार मात्रै बझाङको सुर्मा गाउँपालिकामा पुगेका सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा स्वास्थ्य मापदण्डको उलंघन गरे । उनलाई स्वागत गर्ने नाममा स्थानीयहरूले २५ किलोको माला पहि¥याए । कार्यकर्ताले घरिएका थिए सभामुख थापा । न त सभामुख थापाको मुखमा मास्क थियो, नत जम्मा भएका सहभागीहरूको मुखमा । सभामुख थापा आफ्नो गृह जिल्लासमेत रहेको बझाङमा विभिन्न योजनाहरूको अनुगमनको क्रममा पुगेका थिए ।

कोरोना संक्रमण नियन्त्रणमा स्वास्थ्य सचेतना निकै महत्वपुर्ण कुरा हो । विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य मापदण्ड प्रभावकारी रुपमा अपनाइएको खण्डमा यसले संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउने कुरा नकार्न सकिन्न । 

तर एउटा सोचनीय पक्ष निकै महत्वपुर्ण छ, त्यो हो–स्वास्थ्य सचेतना भएका ब्यक्तिहरुमा देखिएको संक्रमण । शानिबार मात्रै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहमा पनि कोरोना संक्रमित पुष्टि भएको छ । उनी पनि बाजुरामा विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउनमा व्यस्त थिए ।

समाजका प्रवुद्ध व्यक्तिहरु, पढेलेखेका, बुझेका सचेत नागरिकमा यो संक्रमण देखिएको छ । प्रहरी, कर्मचारी, बैकर्स, नेता, सामाजिक अगुवालगायत बुझेका तथा स्वास्थ्य प्रोटोकल अपनाउन सक्ने व्यक्तिहरु धमाधम संक्रमित हुनु राम्रो पक्ष होइन ।

यसले गरीब, अशिक्षित निम्न तथा तल्लो वर्गमा कस्तो प्रभाव पारिरहेको होला ? उनीहरुलाई ज्याला मजदुरी गर्नु पर्ने बाध्यता हुन्छ । जसकारण ठूलो जोखिममा छन् । उनीहरु स्वास्थ्य प्रोटोकलको मापदण्ड अपनाउनमा पछि छन् । पर्याप्त दुरी कायम गर्न, मास्क लगाउन, स्यानिटाईजर प्रयोग गर्न तथा हात राम्रोसँग धुने र संक्रमणको जोखिमबाट सावधानी अपनाउने विषयमा निकै पछाडि छन् । यसले संक्रमण नियन्त्रणमा कठिनाई थपिरहेको छ । 

तर जिम्मेवार व्यक्ति गैरजिम्मेवार बनेपछि आलोचित बन्नुका साथै जग हँसाइका पात्र समेत बन्नु परेको हो । 
 

कमेन्ट लोड गर्नुस