कैलालीका २३ र कञ्चनपुरका ९ जनामा कोरोना पुष्टि
धनगढीः कैलालीका २३ र कञ्चनपुरका ९ जनासहित सुदूरपश्चिममा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ३ जनाको परीक्षण गरिएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर १, ४, ७, ८ र १२ का एक÷एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका २ जना र लम्किचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
उता कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ९ जनामा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।