सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ७ सय नाघ्यो

२०७७ कार्तिक १६, ०७:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ७ सय नाघेको छ ।

शनिबार सेती अस्पताल सहित प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार ७ सय ५० पुगेको हो ।

शनिबार  ५सय ३२ जनाको परीक्षण गर्दा सेती अस्पताल प्रयोगशालामा ५२ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ९, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५ जना, डोटी अस्पताल प्रयोगशालामा ३ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशाला २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

सबैभन्दा धेरै कैलालीमा ३ हजार ६ सय ७४ जना संक्रमित छन् भने डोटीमा १ हजार २ सय ५६ जना संक्रमित रहेका छन् ।

यस्तै अछाममा १ हजार १ सय ६९, कञ्चनपुरमा १ हजार ३७, बझाङमा ६ सय ४३, बाजुरामा ४ सय ५९, बैतडीमा ४ सय ८०, डडेल्धुरामा ४ सय २१ र दार्चुलामा २ सय ६६ जना संक्रमित छन् ।

संक्रमण पुष्टि भएका मध्ये ८ हजार ७७ जनाले कोरोना जितेका छन् भने ३४ जनाको मृत्यु भएको  छ ।
 
 

कमेन्ट लोड गर्नुस