सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

२०७७ कार्तिक १५, ०७:२४ खबर संवाददाता

मध्यपुरथिमि: सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा आज खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवाल छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटामा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरको फालीले घाँटीलगायत शरीरका विभिन्न भागमा काटेको थियो । 

गम्भीर चोट लागेपछि उपचारका लागि मध्यपुर अस्पताल लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनले बताए ।

कमेन्ट लोड गर्नुस