मुख्यमन्त्री पौडेल कोरोनामुक्त
वाग्मती : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् ।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।