सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध सालको काठ बरामद

२०७७ कार्तिक १५, ०६:१९ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका–९ का खडकबहादुर देउवाको घरबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । 

गोप्य सूचनाका आधारमा देउवाको घरमा खोजी गर्दा परालले छोपेर राखेको अवस्थामा लम्वाई ११ फिट गोलाई ५.५ फिट भएको(४२.१८ क्युफिट) अवैध सालको काठको १ थान गोलीया फेला पारेको प्रहरीले जनाएको  छ । 

बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रेञ्जर पोष्ट बेलडाँडी पठाइएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
 

कमेन्ट लोड गर्नुस