सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमालाई कुटेर घाइते बनाएको अभियोगमा छोरा पक्राउ

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ कार्तिक १५, ०६:०१ खबर संवाददाता

सिरहा: आफ्नै आमालाई कुटेर घाइते बनाएको अभियोगमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कर्जन्हा नगरपालिका–३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह रहेका छन् । 

सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घाइतेको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको र पक्राउ परेका छोरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट लोड गर्नुस