सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने
काठमाडौं : अब काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर टाँस्नुपर्ने छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो ।
सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाे जनाएकाे छ ।
शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी चार सय २९ वटा सवारी साधनहरूमा भाडादर टाँसेको महाशाखाले जनाएको छ ।