सुदूरपश्चिममा कोरोना संक्रमतिको संख्या ९६७९ पुग्यो
धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ७९ पुगेको छ ।
शुक्रबार ४१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार ६ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर सुदूरपश्चिको सामाजिक विकास मन्त्रालयले भने ९ हजार ३ सय ५३ जना संक्रमित रहेको जनाएको छ ।
प्रदेश बाहिर रहेका संक्रमितको संख्या अध्यावधिक नगर्दा संख्या कम देखिएको मन्त्रालयलको भनाई छ ।
सबैभन्दा धेरै कैलालीमा ३ हजार ६ सय २८ जना संक्रमित छन् भने डोटीमा १ हजार २ सय ५३ जना संक्रमित रहेका छन् ।
यस्तै अछाममा १ हजार १ सय ६४, कञ्चनपुरमा १ हजार ३२, बझाङमा ६ सय ४०, बाजुरामा ४ सय ५९, बैतडीमा ४ सय ८०, डडेल्धुरामा ४ सय १७ र दार्चुलामा २ सय ६१ जना संक्रमित छन् ।
संक्रमण पुष्टि भएका मध्ये ८ हजार १८ जनाले कोरोना जितेका छन् भने ३४ जनाको मृत्यु भएको छ ।