सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका १६ जना बिरामी

२०७७ कार्तिक १४, ०९:५२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा विवाहको भोज खाएका १६ जना बिरामी भएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका गिरीजा गुरुङको विवाहमा भोज खाएकाहरु बिरामी परेका हुन् । 

विहिबार भोज खाएकाहरु शुक्रबार बिरामी परेको वडा अध्यक्ष नरेशबहादुर सिँहले बताए । उनका अनुसार १६ जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनीहरुलाई फुटपाइजन भएको हो । स्वास्थ्य अवस्था समान्य रहेका बिरामीहरुलाई अस्पतालमा राखिने वडा अध्यक्ष सिँहले बताए ।

उनीहरुले विवाहमा अचार खाएकाले फूड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्ट लोड गर्नुस