सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७७ कार्तिक १४, ०६:५६ रासस

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  

आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल आज बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

कमेन्ट लोड गर्नुस