कञ्चनपुरमा वन पैदावार मुद्धाका २ फरार प्रतिवादी पक्राउ
धनगढी : कञ्चनपुर प्रहरीले वन पैदावार हानी नोक्सानी मुद्धाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेदकोट नगरपालिका–४ बिजयनगर बस्ने ४३ वर्षीय करन गाहामगर र सोही ठाउँका ३६ वर्षीय गणेश थापा मगर रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालतले २०७५ सालमा जनही २ महिना कैद सजाय र १० हजार ३ सय ३५ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
पक्राउ गरिएको दुवैलाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।