सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

२०७७ कार्तिक १४, ०२:०९ रासस

चितवन: चितवन मेडिकल कलेजमा उपचाररत  कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका  छन् ।

अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । 

अस्पतालको कोभिड सघन उपचार  कक्षमा उपचारको क्रममा  आज बिहान ६.५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए । यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११.४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिए । उनको  स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदैआएको थियो ।

कमेन्ट लोड गर्नुस