सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ९० हजारको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १४, ०७:२७ रासस

मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख  नाघेको छ। कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र पाँच हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन्।

मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस