कञ्चनपुरमा वन पैदावार मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ
धनगढीः कञ्चनपुरमा वन पैदावार मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले अदालतबाट १÷१ महिना कैद सजाय र १७ हजार ४ सय ६ रुपैँया जरिवाना तोकिएका ३ कैदीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर ४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षकै नरेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कार्वाहीको लागी कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।