दशैंँ मान्न घर आएका अपराधी पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ।
गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजायँ सुनाएका बागलुङ नगरपालिका वडा नम्बर २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो।
अदालतको फैसलापछि उनी फरार थिए। दशैंँ मनाउन घरमा आएका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। बस्नेतले एक वर्ष १० महिना २१ दिन कैद र रु ७५ हजार जरिवाना भुक्तान गर्न बाँकी छ।
उनलाई बिहीबार नै जिल्ला अदालत पेश गरिएको छ। दुई महिनायता अभियान चलाएको प्रहरीले हालसम्म १०८ जना फरार प्रतिवादी पक्राउ गरेको छ। बागलुङमा ४८० प्रतिवादी फरार छन्।