सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ८ सहित सुदूरपश्चिमका थप १८ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक १३, ०७:३६ खबर संवाददाता

धनगढी: कैलालीका ८ सहित सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, बझाङ जिल्ला अस्पताल प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा  गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । 

उनका अनुसार ४ वटै प्रयोगशालामा ३ सय ८७ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । कार्कीले सेती अस्पताल प्रयोगशालामा १२ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ४, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र कमलबजार नगरपालिकाको प्रयोगशालामा १/१ जनामा संक्रमण पुष्टि भएको बताए ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ८ सहित आज थप १२ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ४ जना, वडा नम्बर ३ र ६ का एक/एक जना, ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जना र ठेगाना नखुलेका ३ जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  ९ हजार ६ सय ३८ पुगेको छ ।  संक्रमितमध्ये ७ हजार ५ सय ९५ जनाले कोरोना जितेका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
 

कमेन्ट लोड गर्नुस