सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अनेरास्ववियूकै कार्यकर्ताले ऐन महरलाई कालो झण्डा देखाए

२०७७ कार्तिक १३, ०७:२७ खबर संवाददाता

बझाङ: बझाङमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) का संयोजक ऐन महरलाई कालो झण्डा देखाइएको छ ।  जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक महरलाई अनेरास्ववियूकै जिल्ला कमिटीका नेताहरूले कालो झण्डा देखाएका हुन् । 

कार्यक्रममा विद्यार्थी नेताहरूले ’अनेरास्ववियू जिन्दावाद’, ’गुट भेला मुर्दावाद’ भन्दै नाराबाजी समेत गरेका थिए । 

कालो झण्डा देखाएपछि प्रहरीले अनेरास्ववियूका जिल्ला कमिटी सदस्य गणेश कुँवर र पूर्वजिल्ला कमिटी सहसचिव रामचन्द्र जोशीलाई नियन्त्रणमा लिएको छ । 

बझाङमा अनेरास्ववियू संगठन विस्तार गर्दा संयोजक महरले एकता विधानविपरीत कार्य गरेको भन्दै अनेरास्ववियूका नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै आएका थिए । 

कमेन्ट लोड गर्नुस