सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः जेल सजाय

२०७७ कार्तिक १३, ०५:५५

सियोल: दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका अनुदारवादी नेता लीलाई उहाँकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।

यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उहाँले जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने सम्भावना कम छ । 
उहाँलाई जेलमा फिर्ता लान प्रहरी उहाँको सियोलस्थित घरमा पुगेको थियो । 

योन्हाप समाचार एजेन्सीका अनुसार उहाँले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गर्नुभएको थियो भने उहाँको उक्त अनुरोधलाई प्रहरीले उहाँलाई सोमबार हिरासतमा लिनेगरी मानेको छ ।

अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्व राष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् । 

लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । तर उहाँले उक्त मुद्दामा पुनरावेदन अदालतले उहाँलाई १७ बर्षका लागि सजाय तोकिएको थियो । उहाँले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नया निर्णय नहुँदासम्मका लागि उहाँलाई जमानतमा रिहा गरिएको थियो । 

अदालतले उहाँलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुष स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो ।

लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्नता रहेको आरोप लागेको छ ।

स्मरण रहोस् लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुस स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको र उनले आफ्नो जेल सजाय बिताइरहेका छन् । 

पूर्व राष्ट्रपति तथा उदारवादी नेता रो मू–ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उहाँले आत्म हत्या गर्नुभएको थियो । रो वर्तमान् राष्ट्रपति मून जाय–इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गरेका थिए ।-एएफपी

कमेन्ट लोड गर्नुस